पथरीमा बन्ने बहुजातीय संग्राहलयको बिषयमा आदिवासी जनजातीको बिरोध

पथरीमा बन्ने बहुजातीय संग्राहलयको बिषयमा आदिवासी जनजातीको बिरोध

विराटनगर, २८ पुस ।
मोरङको पथरीशनिश्चरे १० मा प्रदेश १ कै गौरवका रुपमा निर्माण गर्न लागिएको बहुजातीय संग्रहालयभित्र बन्ने ३ धामको नगरका आदिवासी जनजातिहरुले विरोध जनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समितिका साथै किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लु+ङ, तमु ह्युल छोंज धि गुरुङ राष्ट्यि परिषद, भुजेल सेवा समाज समिति र धिमाल जाति विकास केन्द्रले संयुक्त विज्ञप्ति जारी गरी नक्कली ३ धाम बन्नेप्रति आपत्ति जनाएका छन् ।
कुनै पनि हालतमा तीन धाम बनाउन नदिने उनीहरुले बताएका छन् । किरात राई यायोख्खा जिल्ला अध्यक्ष नविन राईले आदिवासी जनजातिको जातीय पहिचानको धामको सट्टा पाथीभरा, हलेसी र बराहक्षेत्र धाम भनेर जोड्नु आपत्तिजनक भएको टिप्पणी गरे । २ दिन अघि प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भूटानी शरणार्थी शिविर क्षेत्रमा वन्ने ३ धामसहितको सांस्कृतिक ग्राम क्षेत्रको अवलोकन गर्दै तत्काल डीपीआरको काम अघि बढाउने वताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्