अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दुवै उमेर समूहको उपाधि प्रिन्स दाहाललाई

अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दुवै उमेर समूहको उपाधि प्रिन्स दाहाललाई

विराटनगर, २८ पुस ।
विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको दुवै उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । यस्तै महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारेका छन् ।
विराटनगरको सहिद रङशालास्थित कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा प्रिन्स दाहालले १९ वर्षमूनिको समूहमा प्रफुल्ल महर्जनलाई दुई शुन्यको सेटमा पराजित गरेका थिए । दाहालले ट्रफीसहित २२ हजार ४ सय रुपैया हात पारे । त्यसैगरि, महिलातर्फको १९ वर्षमूनि जेसिकाले रशिला महर्जनलाई दुइ शुन्यको सेटमा स्तब्ध बनाएकी थिइन्। उनले ट्रफीसहित २२ हजार ४ सय रुपैया नगद हात पारिन ।
प्रतियोगिता अन्र्तगत सोही उमेर समूहको डबल्समा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई दुई एकको सेटमा हराएको थियो । त्यसैगरि महिलातर्फ जेसिका गुरुङ र रशिला महर्जनको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई हराएको थियो ।
त्यसैगरि, पुरुष १५ वर्षमूनिको खेलमा प्रिन्स दाहालले म्यानमारका लिन ह्युटुलाई दुइ एकको सेटमा हराएका छन । नेपाल ब्याडमिन्टन संघको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपालसहित भारत र म्यानमारका गरि ७६ खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्