सरकारले पुँजीको सदुपयोग गर्न नसकेकाे कांग्रेस नेता आचार्यकाे आराेप

सरकारले पुँजीको सदुपयोग गर्न नसकेकाे कांग्रेस नेता आचार्यकाे आराेप

विराटनगर, २८ पुस ।  समग्र आर्थिक क्षेत्रको विकास लागि नीजि क्षेत्र, सामुदायिक तथा राज्यको संयुक्त प्रयासको आवश्यक्ता रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताएका छन्। प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा नेता आचार्यले आर्थिक रुपमा सबल बन्नका लागि कृषि, पर्यटन, उद्योग तथा प्रविधीको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। आर्थिक बृद्धिदर हासिल गर्नका लागि यी क्षेत्रमा सरकार, निजी लगानी तथा सामुदायीक संस्थाहरुको साझा संलग्नता हुनपर्ने उनको भनाई थियो।

वर्तमान सरकारले पुँजीको सही सदूपयोग गर्न नसकेको आरोप लगाएका नेता आचार्यले उचित वातावरण हुँदाहुँदै पनि सही रुपमा पुँजीको सदुपयोग गर्न नसकेको बताए। उनले भने, ‘यसै कारणपनि मुलुकमा आर्थिक मन्दीको अवस्था आएको हो।’ मुलुकमा फराकिलो आर्थिक बृद्धिदर, औद्योगिक विकासका लागि बाह्य लगानी समेत अपरिहार्य रहेको नेता आचार्यको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्