केरावारी गाउँपालिका वडा अध्यक्षलाई पक्राउ पुर्जी, अबैध असुली गर्न माईन्युट गरेको आरोप

केरावारी गाउँपालिका वडा अध्यक्षलाई पक्राउ पुर्जी, अबैध असुली गर्न माईन्युट गरेको आरोप

विराटनगर, २८ पुस ।
खोला तथा नदीजन्य प्राकृतिक सम्पदाको अबैध उत्खनन् गर्ने मोरङको केरावारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई पक्राउ पुर्जी जारी गरिएको छ । मोरङको चिसाङ खोलाबाट अबैध उत्खखन् गरेको आरोपमा वडाध्यक्ष चरणसिंह गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी जारी गरेको हो ।
ढुंगा तथा बालुवाको निकासी गर्ने क्रममा टिपर तथा ट्याक्टरसंग अवैध रुपमा रकम उठाएको आरोप उनीमाथि लगाईएको छ । वडाध्यक्ष गुरुङलाई बेलबारी र कानेपाखरीबीचमा पर्ने चिसाङ खोलाबाट ढुङ्गा, बालुवा निकासीमा चन्दा रकम उठाएको आरोप लागेकोले पक्राउ गर्न भनिएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए ।
मोरङको केरावारी गाउँपालिका बिभिन्न समयमा नदीजन्य बस्तुको उत्खनन् तथा ओसार पसारमा वडा अध्यक्षहरु मुछिँदै आएका छन् । वडा अध्यक्ष आफैँ क्रसर ब्यवसायी हुँदा अबैध उत्खनन् रोक्न समस्या हुँदै आएको प्रहरीले जनाएको छ । क्रसर ब्यवसायीका रुपमा काम गर्दै आएका गुरुङले रकम असुल गर्न सहयोग गरेको प्रहरीले जनाएको छ । केहीदिन अघि सोही स्थानमा रकम असुल गर्ने क्रममा रोशन दनुवार, जित चौधरी पक्राउ परेका थिए । हाल दनुवार र चौधरी दुवैलाई पक्राउ गरि चन्दा ऐन अन्र्तगत मुद्धा दायर गरिएको एसपी केसीले जानकारी दिए ।
प्रहरीका अनुसार, कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिको नामबाट नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगका लागि रसिद बनाएर ट्याक्टर र टिपरबाट अबैध रकम असुल गर्न गुरुङले पत्र दिएको खुलासा भएपछि उनीमाथि पक्राउको लागि पत्रकाटिएको हो ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा वडा अध्यक्ष गुरुङले रकम असुल्न माईन्युट नै गराएको फेला परेपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको एसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्