वाईडवडी प्रकरणमा गच्छदारले गरे देउवाकाे बचाउ

वाईडवडी प्रकरणमा गच्छदारले गरे देउवाकाे बचाउ

विराटनगर, २८ पुस ।  नेपाली कांग्रेसका उपसभाति विजयकुमार गच्छदारले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई वाइडवडी विमान विवादमा जोड्नु गलत भएको बताएका छन् ।  आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  उपसभाति गच्छदारले कुनै पनि यस्ता योजना प्रधानमन्त्री समक्ष नपुग्ने बताएका हुन् । उनले लेखा समितिले विमान खरीद अनियमिता सम्वन्धि छानवीन कार्य गरिरहेकोले त्यो टुङ्गो नलाग्नु अगावै सरकारले छानवीन आयोग गठन गर्नु आवश्यक नभएको जिकीर गरे ।  'अहिले जसरी सभापति देउवालाई जाेडेर कुरा उठेकाे छ त्याे गलत हाे उनले भने, यस्ता कुरा प्रधानमन्त्रीसम्म सिधा आउँदैन ।  नेपाली जनताको ठूलो वलिदान र संविधान सभावाट ल्याइएको संघीयता कार्यान्वयनमा नेपाली कांग्रेसकाे सदैव सहयोग रहेको   भएपनि सरकार आफै अलमलमा परेकाे आराेप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्