स्मृती बोर्डिङ स्कुलको खेलकुद सकियो, २ सय २९ जनाले पाए सिल्ड र मेडल

स्मृती बोर्डिङ स्कुलको खेलकुद सकियो, २ सय २९ जनाले पाए सिल्ड र मेडल

विराटनगर, २८ पुस ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको ३ दिने खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । समापन कार्यक्रमा बोल्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले खेलकुद बालबालिकाको नभई नहुने अतिरिक्त कार्य भएकोले बिद्यालयहरुले गर्ने गतिबिधिले बालबालिकाको क्षमतामा बिकास हुने बताए । बालबालिका लक्षित कार्यक्रम गरेकोमा प्रशंसा गर्दै अध्यक्ष माझीले बिराटनगरका बिद्यालयलाई उछिन्दै अगाडी बढेको भन्दै बिद्यालयलाई थप सफलताको कामना गरे । उनले आगामी बर्ष देखि ११ कक्षा संचालनको लागि स्वकृती दिन कन्जुस्याई नगर्ने बताए । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा प्रमुख गोबिन्दप्रसाद दाहालले बुढीगंगा गाउँपालिकाको शिक्षामा ठुलो योगदान दिएको उल्लेख गर्दै स्मृती स्कुलले आगामी दिनमा उच्च शिक्षासम्म यही बिद्यालयबाट दिन शुरु गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा प्रतियोगितामा उत्कृष्ठ हुने बिद्यार्थी खेलाडीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको बिद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले बताईन् । प्रतियोगितामा सहभागी मध्य २ सय २९ जनाले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै शनिवार नै भएको शिक्षकहरुको म्युजिकल चियर प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा करुणा बिस्ट, मुस्कान राना र पबित्रा खवास बिजयी भएका छन् भने घैला दौडमा बिजय थापा बिजयी भएको प्रिन्सिपल न्यौपालेले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्