प्रदेश १ मा २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा

प्रदेश १ मा  २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा

विराटनगर, २८ पुस । प्रदेश १ मा ट्राफिक प्रहरीले २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरेको छ। कार्यालय तथा मातहत कार्यालयहरू समेतबाट शुक्रबार बिहानदेखि सुरु गरेको अपरेसनमा शनिबार बिहानसम्ममा प्रहरीले उक्त संख्यामा सवारी साधनलाई कारबाही गरेको हो। जसअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने  २९ जना, मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने ८  जना, विनाहेल्मेट मोटरसाइकल चलाउने ९ जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ७९ जना, सवारी चालक अनुमति पत्र नभएका ४१ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २९ जना, जथाभावी पार्किङ गर्ने ३१ जना रहेका छन्। यस्तै रोक्न निषेधमा सवारी साधन रोकेको ८० जना, पार्किङ निषेधमा सवारी साधन पार्किङ गर्ने १४ जना, सुरक्षा पेटी नबाधेको १७ जना कारबाहीमा परेमा छन्।

प्रहरीले कागजपत्र साथमा नराखेको १७३ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना,  सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३१ जना, तीब्र गतिमा सवारी चलाएको २७ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २४ जना, हदभन्दा बढी मालसामान ढुवानी गरेको ३९ जना, लापरवाही साथ सवारी साधन चलाएको १६१ जना र विना रुट परमिट चलाएको २ जना गरीलाई कारबाही गरेको प्रदेश १  ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

यसैबीच प्रहरीले सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा  सचेतनामूलक कार्यक्रम पनि संचालन गरेको जनाएको छ। १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीलाई एकै दिन ६१ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी १ हजार ४०३ जनालाई प्रशिक्षण दिइएको प्रवक्ता प्रसाईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्