उठेर बस्न नसक्ने अवस्थामा केसी

उठेर बस्न नसक्ने अवस्थामा केसी

इलाम, २८ पुस। चारदिन देखि यहाँ १६ औं सत्याग्रह गरिरहेका डा।गोविन्द केसी  शनिबारसाँझसम्म आइपुग्दा उठेर बस्न पनि नसक्ने अवस्थामा पुगेका चिकित्सकले बताएका छन्। शनिबार बिहान केसीको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका अनुसार शनिबारदेखि केसीलाई मिडियालगायत अरू कसैसँग गफगाफ गर्न दिइएको छैन। ‘हिजोसम्म डा।केसी विभिन्न व्यक्तिहरूसँग गफगाफ गर्न सक्नुहुन्थ्यो,’ चिकित्सक आचार्यले भने, ‘आजदेखि संक्रमणको खतरा हुनसक्ने भएकाले उहाँको नजिक जान मिल्दैन र उहाँलाई बोल्न गाह्रो भएको छ।’

भुइँमा बसेका केसीलाई अहिले खाटमा सारिएको छ। केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको उनले बताए। ‘उहाँको रोगसँग लड्ने क्षमता कम भएको छ,’ आचार्यले भने, ‘ग्लुकोज घटेर शरीर शिथिल भएकाले उहाँ ठूलो स्वरले बोल्दासमेत पसिना आउन थालेपछि बोल्न कम गरिएको छ।’ ग्लुकोज घटेपछि शरीरले थोरै मात्र बल लगाएर गर्नुपर्ने काम गर्न पनि नसक्ने चिकित्सक आचार्यको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्