सुनसरी र ईलाममा रुखबाट लडेर २ जनाको मृत्यु

सुनसरी र ईलाममा रुखबाट लडेर २ जनाको मृत्यु

सुनसरी, २९ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।  सोही स्थान बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङ र निजको छोरी बर्ष १८ की तनिसा गुरुङ जंगलमा घास काट्न गएकोमा  कुम्बिको रुखबाट लडेर बाबुको मृत्यु भएको थियो ।

यसैगरी  ईलामको फाकफोकथुम गाउपालिका-५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । सोही स्थान बस्ने बर्ष १५ को सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर लड्दा   मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्