वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मन्त्री ढकालले भने ‘वर्तमान सरकार दोषी छैन’

वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा  मन्त्री ढकालले भने ‘वर्तमान सरकार दोषी छैन’

उर्लाबारी, २९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गरेका छन्। मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’मा उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइडबडी विमान खरिद गर्ने निर्णय भएको थियो।’

मन्त्री ढकालले तत्कालीन प्रधानमन्त्री देउवाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइडबडी विमान खरिद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरिइसकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त गरेका हुन्।

फरक प्रसंगमा उनले डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको पनि उनको भनाइ थियो। यसैबीच मन्त्री ढकालले प्रदेश १, पथरीशनिश्चरे नगरपालिका–१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीकाटिप्पणी नगर्न सबैमा आग्रह गरे। आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्म १ सय ५६ वटा कानुन बनाएर विधिको शासनको जग बसालेको बताउँदै बैसाखसम्ममा भूमिसम्बन्धी कानुन बनाइसक्ने जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्