भारतीय तस्करद्वारा बारीबाटै सुपारी तस्करी, काँकडभिट्टा र विराटनगरबाट रातारात निकासी

<span class='c1'>भारतीय तस्करद्वारा  बारीबाटै सुपारी तस्करी,</span> <span class='c2'> काँकडभिट्टा र विराटनगरबाट रातारात निकासी</span>

धरान, २९ पुस ।   प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले यि तीन जिल्लामा उत्पादन भएको सुपारी रातको समयमा भारत तिर तस्करी गर्ने गरेका छन्।

सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि भारतीय तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र बनाएका छन्। सुनसरीको धरान, इटहरी, बराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबीलगायतका स्थानमा किसानले उत्पादन गरेको काँचो सुपारी बोटमै गएर संकलन गर्ने गरिएको छ। त्यस्तै मोरङको विराटनगर, बेलवारी, उर्लावारी, पथरी, रंगेलीलगायतका स्थानमा पनि काँचो सुपारी संकलन भइरहेको छ। झापाको दमक, बिर्तामोड, शिवसताक्षी, बेलडाँगी, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानमा पनि भारतीय तस्करले किसानका सुपारी संकलन गर्ने कार्यलाई तीव्र पारेका छन्। तस्करले काँचो सुपाडी बोक्रैसँग जोखेर प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिँदै आएका छन्। धरानका सन्दीप लिम्बूले भारतीयलाई बोक्रैसहितको सुपारी प्रतिकिलो २० रुपैयाँले बिक्री गरेको बताए।

भारतीय तस्करले संकलन गरेको सुपारी काँकडभिट्टा र जोगवनी नाका हुँदै भारततर्फ लैजाने गरेका छन्। तस्करहरूले भन्सार नाकामा कडाइ हुने भन्दै खुल्ला सीमानाबाट मध्यरातमा सुपारी भारततर्फ लैजाने गरेको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। धरानमा सुपारी संकलन गरिरहेका भारतीय नागरिक मोहमद जफिर मियाँले नेपालमा संकलन गरेको सुपारी सिलिगुडी लैजाने गरेको बताए। उनले भारतबाट साहुले १० जनाको समूह बनाएर सुपारी संकलन गर्न पठाएको बताएका छन्। संकलन गरेर विभिन्न ठाउँमा राखिएपछि रातको समयमा भारत कटाउने गरिएको उनले बताए।

भारतीय तस्करले धरान, इटहरी, दमक र बिर्तामोडमा अवैध रूपमा संकलित सुपारी भण्डारण गर्ने गरेका छन्। राजस्व कार्यालयसँग अनमुति लिएर सुपारी संकलन गर्न पाइने भए पनि अवैध रूपमा भारतीयहरू नेपाल प्रवेष गरी सुपारी संकलन गरिरहेको स्थानीयको भनाइ छ। अवैध रुपमा भण्डारण गरिएको सुपारी भने प्रहरीले बरामद गर्न सकेको छैन। सुपारी संकलनमा खटिएका अर्का भारतीय मजदुरले काम गरे वापत दैनिक एक हजार रुपैयाँ पाउने गरेका छन्।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले अवैध रूपमा सुपारी संकलन गरिएको विषयमा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी तस्करी नियन्त्रणको काम थाल्ने बताए।  अन्नपुर्ण पाेष्टमा खबर छापिएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्