अब समायोजनमा नजाने कर्मचारीलाई हटाईने – मन्त्री पण्डित

अब समायोजनमा नजाने कर्मचारीलाई हटाईने – मन्त्री पण्डित

विराटनगर, २९ पुस ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् ।
विराटनगरमा पत्रकारसँग कुरागर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई हटाउन आफुहरु बाध्य हुने बताए । उनले कर्मचारी हटाइएपछि खाली हुने दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगलाई छोटो प्रक्रियाबाट कर्मचारी पदपूर्ति गर्न दिइने जानकारी पनि दिए । उनले तीनै तहमा गरेर कुल १ लाख ३८ हजार कर्मचारीहरु आवश्यक रहेको र माघ २ गते पछि समायोजन प्रक्रियालाई प्रशोधन गर्न दुई तीन दिन लाग्ने जानकारी दिदै त्यसपछि २१ दिन भित्र सम्बन्धित ठाँउमा नजाने कर्मचारीलाई हटाउने स्पष्ट पारे ।
मंत्री पण्डितले प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गरिएको जानकारी दिदै प्रदेश लोकसेवा आयोग गठन नभए सम्म संघीय लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ति गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्