जिल्ला सहकारी संघको २६ औ साधारण सभा विराटनगरमा सकियो

जिल्ला सहकारी संघको २६ औ साधारण सभा विराटनगरमा सकियो

विराटनगर, २९ पुस ।
जिल्ला सहकारी संघ लिमिटेड मोरङले आफनो २६ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दे प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रमा लगानी गर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । उनले सहकारीले व्यवसाय मुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए । संघीय ,प्रदेश र स्थानीय सरकार समेत सहकारीसंग हाते मालो गरी अघि बढन तयार रहेको भन्दै उनले विकास र समृद्धिका लागि तीन खम्बे अर्थनीति आवश्यक रहेकोमा जोड दिए ।
साधारणसभामा सघंका सल्लाहाकार रमेश पोखरेल, तेजकुमार रिजाल, धनश्याम खतिवडा, डा.उद्धव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रको तीन खम्बे आर्थिक नीतिलाई अंगिकार गर्दै सहकारीको मुल्य मान्यता र सिद्धान्तमा आधारित भई संस्थाले काम गरिरहेको साधारणसभामा अध्यक्ष डिल्ली पोखरेलको जानकारी दिए । जिल्ला सहकारी संघ मोरङमा ३ सय ६३ सहकारी संस्था आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्