बुढीगंगामा जारी अन्तर्राष्ट्रिय महिला कबड्डीमा एकैदिन ७ खेल

बुढीगंगामा जारी अन्तर्राष्ट्रिय महिला कबड्डीमा एकैदिन ७ खेल

विराटनगर, २९ पुस ।
मोरङको बुढीगंगा गांउपालिकामा जारी प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको दोश्रोदिन विभिन्न ७ वटा प्रतिस्पर्धा भएका छन । प्रतियोगिता अन्र्तगत दोश्रोदिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।
खेलमा बंगलादेशले ३२–१६ अंकले श्रीलंकालाई पराजित गरेको छ । आयोजक नेपाल र भारतबीच भएको दोश्रो खेलमा भारतले नेपाललाई ८३–२१ को फराकिलो अन्तरले पराजित गरेको छ । यस्तै तेश्रो खेलमा नेपाल आर्मीले श्रीलंका आर्मीलाई ३२–२२ अंकको अन्तरले पराजित गरेको छ । प्रतियोगिताको चौथो खेलमा भारत विजयी भएको छ ।
खेलमा भारतले बंगलादेशलाई २७–२५ को झिनो अन्तरले पराजित गरेको हो । यसैगरि प्रतियोगिताको पांचौ खेल आयोजक नेपाल र श्रीलंकाबीच,छैठौं खेल बंगलादेश र नेपाल आर्मी बीच र सातौं खेल श्रीलंका आर्मी र भारतबीच भएको छ । ती खेलहरुमा पांचौ खेलमा श्रीलंका ,छैठौं खेलमा बंगलादेश, र सातौं खेलमा भारत बिजयी भएको छ । सुपर लिगको आधारमा खेलाईएको खेलमा सबै टिमले सबैसंग खेल्नुपर्ने नियम छ । खेलमा सबैभन्दा बढी अंक ल्याउनेलाई बिजेता घोषणा गरिने आयोजक मोरङ कबड्डी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्