प्रहरी र तस्करबीच गोली हानाहान , एकजनाको मृत्यु

<span class='c1'>प्रहरी र तस्करबीच गोली</span> <span class='c2'>हानाहान , एकजनाको मृत्यु</span>

काठमाडौं । रुपन्देहीमा गएराति प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । राति १२ बजे गस्तिमा रहेको प्रहरीले मोटरसाइकलमा आएको समूहलाई चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार भएको थियो । प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रामदत्त जोशीका अनुसार तस्कर समूहले प्रहरीमाथि नै गोली चलाएपछि जवाफी फायरिङमा तस्कर समूहका एकजनाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसके पनि उनीहरु भारतबाट आएको हुन सक्ने अनुमान प्रहरीको छ । तस्करले चलाएको गोली लागेर गस्तिमा रहेका प्रहरी कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।  युपी एच २०२८ नम्बरको भारतीय मोटरसाइकलमा आएको समूहलाई रोक्न खोज्दा गोली चलाएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका अर्का व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्