विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले मनायो बार्षिकउत्सव

विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले मनायो बार्षिकउत्सव

विराटनगर,  पुस २९ । विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले दोस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ ।

वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न मनोरञ्जनात्कम प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कलेजद्धारा आयोजित स्पोर्टस् विक २०७५ का विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै एमबीए र बीबीए उर्तीण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. बद्रीनाथ श्रेष्ठले शिक्षा नितीलाई श्रम र उत्पादनशीलतासँग जोड्नुपर्नेमा जोड दिनु भयो। २०६७ साल भदौ २३ गते स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजमा बीबीए र एमबीए शैक्षिक कार्यक्रम अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा सञ्चालन भईरहेको शैक्षिक कार्यक्रमको जानकारी दिँदै कलेजका निर्देशक सिए अश्विनी बंशलले कलेजबाट उर्तीण विद्यार्थीहरु विभिन्न बैंक वित्तिय संस्था र औद्योगिक प्रतिष्ठानमा कार्यरत रहेको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी गराउँदै क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले विद्यार्थीहरुको रोजगारीका लागि जबप्लेसमेन्ट पार्टनरको रुपमा हाम्रो रोजगारी डटकमसँग सहकार्य गरेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका पूर्वाञ्चल विश्वविद्यालयका प्रथम डिन अरुणकुमार दास, मधु लोहिया तथा प्रध्यापकहरु शिरिस रिजाल, सन्जेस कोइराला, विजुकुमार थपलिया, सदय हमाल, मोहनबहादुर बस्नेतलाई सम्मानगरिएको थियो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सहप्रध्यापक डा. सन्देशदास श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

उहाहरुलाई प्रमुख अतिथी श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कलेजमा हाल बीबीए र एमबीएमा गरी ३ सय जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्