मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ पक्राउ

विराटनगर, २९  पुस । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-३ दुर्गा चोकबाट  लागूऔषध सहित सुनसरीको चतरा घर भएका बर्ष-२८ को प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले  शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसीक-५ एम्पुल, डाईजेल्याब-५ एम्पुल र फेनारगन-५ एम्पुल फेला पारी बरामद गरेको हो । त्यसैगरी मोरङको रंगेली नगरपलिका-५ आँपगाछीबाट लागूऔषध सहित पथरी-शनिश्चरे नगरपालिका-८ बस्ने  वर्ष १९ को झमक बिष्ट र वर्ष १६ को रविन माझीलाई पक्राउ गरेको छ । प्रहरी चौकी आँपगाछीबाट खटिएको प्रहरी टोलीले को २९ प २९६२ नम्बरको मोटरसाईकलमा  चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट-६० एम्पुल, स्पास्मोप्रोक्सिभन-१६ थान र २५ ग्राम गाँजा फेलापारी बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएङ्काे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्