टिपर आतंक : आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु

<span class='c1'>टिपर आतंक : आज बिहान टिपरले</span> <span class='c2'>ठक्कर दिँदा एक बालकको मृत्यु</span>

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

बिहान करिब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको ना७ख ६४२७ नंको टिपरले सम्सी गाउँपालिका–२ स्थित सडकमा बालक सदाम शेखलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्