एमएम कप क्रिकेट : प्रदेश नम्बर १ सेमीफाइनलमा , मिनस थापाले बनाए शतक

एमएम कप क्रिकेट : प्रदेश नम्बर १ सेमीफाइनलमा , मिनस थापाले बनाए शतक

बिराटनगर , पौष २९, 

सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश नम्बर १ बिजयी हुँदै सेमिफाइनल प्रबेश गरेको छ ।

 

आज सम्पन्न खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ४ लाई २२६ रनले पराजित गरेको थियो  ।

पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २९२ रन बनाएको थियो । प्रदेश नम्बर १ का लागि मिनस थापाले ११० बलमा १०८ रन बनाएका थिए ।

[caption id="attachment_74665" align="alignnone" width="514"] मिनश थापा[/caption]

प्रदेश नम्बर ४ का बलर किशोर महतोले ३ विकेट, अमृत गुरुङ, बिपिन खत्री र सन्तोस न्यौपानेले समान २/२ विकेट लिएका थिए  ।

ठूलो लक्ष पछ्यायको प्रदेश नम्बर ४ ले १५.१ ओभरमा अल आउट हुँदै ६६ रन बनाएको थियो । प्रदेश नम्बर ४ का लागि सुमन घिमिरे २५ रन, अमृत गुरुङ १३ रन बनाएका थिए  ।

प्रदेस न १ का बलर मनोज मन्डल र सिद्धान्त लोहनीले समान ३/३ विकेट, पुष्प  थापा र दिपेश कडेलले २/२ विकेट लिएका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्