प्रदेश १ को नाम र स्थायी राजधानी सहमतीबाट हुने, मन्त्री मण्डल बिस्तार चैतमा

प्रदेश १ को नाम र स्थायी राजधानी सहमतीबाट हुने, मन्त्री मण्डल बिस्तार चैतमा

सुमन सुस्केरा/विराटनगर, २९ पुस ।
एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय तत्काल नटुङ्गिने भएको छ । प्रदेश सभाको अधिबेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको बिषय टुङ्गिन पनि समय लाग्ने भएको हो । कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको बिषय टुङ्गिने बताएका हुन् ।नाम र राजधानीको बिषय सकेसम्म सहमतीबाट नै टुङ्ग्यउने भन्ने बारेमा उच्च स्तरमा नै निर्णय भएकोले त्यही आधारमा टुङ्ग्याउनको आफु लागिपरेको बताए । मन्त्री परिषद बिस्तार गर्ने कुरा पनि ढिलै हुने भन्दै मुख्यमन्त्री राईले पहिलो चरणमा प्रदेश सभाका बिषयगत समितिहरुको सभापति छानिने र त्यस पछि सभामा पेश भएका केही बिधेयक माथिको छलफल पछि मात्र प्रदेशको नाम र राजधानीले सभामा प्रवेश पाउने बताए ।

मन्त्री परिषद बिस्तार गर्ने प्रसङ्गमा मुख्यमन्त्री राईले संघीय सरकारको निर्णय पर्खिएर बसेको बताएका छन् । अन्तर प्रदेश परिषद बैठकबाट मन्त्रालयहरु कसरी बढाउने भन्ने बारेमा छलफल भएकोले प्रदेशमा मन्त्रालय कति रहने भन्ने एकिन भएर आएपछि मात्र त्यसैको आधारमा मन्त्री परिषद बिस्तार हुने राईले बताए ।
‘अहिले पनि प्रदेश सभामा ५ वटा बिधेयक पेश भईसकेको छ, मुख्यमन्त्री राईले भने, अब प्रदेश सभा माघ दोश्रो साता बोलाउने गरी तयारी थालिएको छ, प्रदेश सभा शुरु हुने बितिकै प्रदेश सरकारका धेरै कामहरुले थप गति लिने छ ।’
प्रदेशले काम गर्न नसक्नुका कारण
मुख्यमन्त्री राईले प्रदेश सरकारले काम गर्न नसकेको बारेमा आएको टिकाटिप्पणीलाई सकारात्मक भनेका छन् । उनले प्राबिधिक समस्याका बिच पनि केही कामको थालिनी भएको भएपनि आम नागरिकले सोचेको जस्तो तत्कालै काम हुन नसकेको स्वीकार गरे । उनले ७ महिना कानुन निर्माण र अस्थायी संरचना निर्माणमा बितेको सुनाउँदै राईले संरचना नभएको र जनशक्ति अभावले पनि समस्या भएको सुनाए । ‘एक चौमासिक त प्रदेश सरकारको एउटा पनि युनिट थिएन, उनले भने, जनताको माग र चाहना अनुसारको काम नभएपनि प्रदेशले धेरै कामहरु राम्रा गर्दैछ ।’
उनले राम्रा कामको बारेमा प्रसंसा गर्दै हरेक घरमा सुरक्षा सम्बन्धि स्टीकर टाँस्ने, रिफ्रेसमेन्ट सेन्टर बनाउने, सडक शुसाशन, आम्दानीको श्रोतहरुको पहिचान गर्ने काम पनि गरेको उल्लेख गरे । प्रर्यटकिय स्थल, कृषि र पर्यटनमा समेत प्रदेश सरकार केन्द्रीत रहेको बताए । प्रदेश सरकारले १ बर्षे, ५ बर्षे र १५ बर्षे योजना निर्माणमा बिज्ञहरु लागेको भन्दै मास्टर प्लानिङका आधारमा लगानी सम्मेलनको तयारीमा प्रदेश सरकारले कार्यदिशा अगाडी बढाएको मुख्यमन्त्री राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्