विराटनगरको बखरीमा स्ट्रबेरी खेती सुरु , तराइमा पहिलो पटक यस्तो खेती

विराटनगरको बखरीमा स्ट्रबेरी खेती सुरु , तराइमा पहिलो पटक यस्तो खेती

देवनारायण साह

मोरङ पुष २९,  तराईमा स्ट्रबेरी खेती सुन्दा अनौठो लाग्न सक्छ । विराटनगर महानगर १२ बखरीमा एक किसानले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ ।

ललितपुर महानगर १४ नखुडोलका ३६ वर्षीय ससन देवकोटाले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले विराटनगर १२ का हेमन्त शर्मा र मोहन बस्नेतको २ कठ्ठा जग्गामा खेती सुरु गरेका हुन् । ‘नेपालको तराई क्षेत्रमा फल्छ कि फल्दैन भनेर अनुसन्धानात्मक तरिकाले पहिलो पटक स्ट्रबेरी खेती सुरु गरेको छु,’ उनले भने, ‘कार्तिक २२ रोपेको बिरुवाबाट एक हप्तादेखि स्ट्रबेरी उत्पादन हुन थालेको छ ।’

[caption id="attachment_74681" align="alignnone" width="800"] strobery[/caption]

युरोपमा उत्पादन भएको र यहाँ उत्पादन भएको स्ट्रबेरीको फलको रंग, आकार र स्वादमा कुनै फरक नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्