युवा नेतृ रन्जु दर्शनाले दिईन प्रहरीमा उजुरी , कारण छ यस्तो ..

<span class='c1'>युवा नेतृ रन्जु दर्शनाले दिईन प्रहरीमा उजुरी</span> <span class='c2'>, कारण छ यस्तो ..</span>

काठमान्डौ पुष २९ , तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रन्जु दर्शनाले प्रहरीमा उजुरी दिएकी छिन्। शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसंग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

पार्टी फुटेपछि केही अनलाइनले मिश्रले रञ्जुलाई पार्टी कार्यालयमै यौन दुर्व्यवहार गरेको आसयका समाचार प्रकाशन गरेका थिए। त्यसरी समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइमअन्तर्गत उजुरी दिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। कुन कुन अनलाइन बिरुद्ध उजुर परेको हो प्रहरीले खुलाउन चाहेन ।

उजुरकर्ताको अनुरोधमा नाम गोप्य राखिएको र सकेसम्म छिटो अनुसन्धान प्रक्रिया थालिने पनि प्रहरीले बताएको छ । विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले शुक्रबार छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्