जवरजस्ती करणी प्रयास गर्ने खाेटाङमा पक्राउ

जवरजस्ती करणी प्रयास गर्ने खाेटाङमा पक्राउ

खोटाङ,  २९ पुस। खोटाङको केपिलासगढी गाउँपालिका-५ थर्पुडाँडामा  जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने बर्ष २१ को नन्दराज राई रहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको  छ । राईलाई  २० बर्षीया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको भनि पिडितको आफन्तले दिएको जानकारीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्