विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता

विराटनगर, २९ पुस । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता भएको छ ।  यसक्षेत्रका उद्योगी व्यवसायीले निकै लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका थिए ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडित, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङवो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा सत्यनाराण मन्दिर संचालन समिति र उद्योग संगठन मोरंगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग संगठन मोरंगले विराटनगर महागनरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित सत्यनारायण मन्दिर संचालन समितिको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक तथा परोपकारी कार्य गर्ने प्रयोजनस्वरुप पहल थालिएको संगठनले जनाएको छ । हस्ताक्षर कार्यक्रममा मन्त्री लालबाबु पंडितले विराटनगरसहित प्रदेश १ कै लागि महत्व राख्ने प्रदर्शनी स्थलको निर्माणले गति लिनु सकारात्मक भएको बताए । भने,‘प्रदर्शनीस्थल निर्माण भए औद्योगिक उत्पादनको प्रवद्र्धन गर्नसमेत मद्दत पुग्ने छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिईएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन सहज हुने बताए । भने,‘संघीय सरकार, प्रदेश सरकार, महानगरपालिका र संगठनबीच सम्पन्न सहमतिका आधारमा वहुवर्षिय योजनाअन्तर्गत निर्माण हुनु सकारात्मक हो ।’ उनले प्रदर्शनी स्थलको शिलन्यास यसै आर्थिक वर्षमा गरी निर्माण कार्यलाई तिव्रता दिने बताए । उनले विराटनगर मात्र नभएर समग्र प्रदेशकै आर्थिक गतिविधिलाई सक्रिय बनाउन प्रदर्शनीस्थलले सहयोग पुग्ने बताए ।

सम्झौता पत्रमा संगठनका तर्फबाट निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशिल धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर संचालन समितिका तर्फबाट ईन्निियर किशोर थापा, रामप्रसाद खतिवडा, मावध प्रसाद कोइराला, वल्लभ प्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्