पत्रकार अधिकारी विराटनगरको शिरोमणी पुस्तकालयद्धारा सम्मानित

पत्रकार अधिकारी विराटनगरको शिरोमणी पुस्तकालयद्धारा सम्मानित

विराटनगर, २९ पुस । विराटनगरका पत्रकार कुमाद अधिकारी विराटनगरमा सम्मानित भएका छन् । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार अधिकारी शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकमा रहेको शिरोमणि पुस्तकालयले सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, रमाप्रसाद रिजाल, पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौला लगायतले दोसल्ला ओढाएर अधिकारीलाई सम्मान गरेका हुन् । अधिकारी रेडियो नेपालमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष समेत रहेका अधिकारी प्रेस युनियन मोरङका पूर्व अध्यक्ष हुन् । पुस्तकालयले यसअघि सो सम्मानबाट विक्रम निरौला, मीनकुमार नवोदित, कुमार लुईटेल, सुशीला पाठकलाई सम्मानित गरिसकेको छ । समारोहमा कवि मेनुका चापागाईंलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, पूर्वअध्यक्ष केदार कोइराला, साहित्यकार कविराज न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, साहित्यकार बलराम पोखरेललगायतले नेपाली साहित्यमा पौड्यालले पु¥याएको योगदानको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्