प्रदेश १ को नाम किराँत लिम्बुवान–शेर्पालुङ राख्न शेर्पा संघकाे माग

<span class='c1'>प्रदेश १ को नाम किराँत</span> <span class='c2'>लिम्बुवान–शेर्पालुङ राख्न शेर्पा संघकाे माग</span>

प्रेम देवान, ओवी ।
विराटनगर,२९ पुस । प्रदेश १ को नाम किराँत लिम्बुवान –शेर्पालुङ राख्न नेपाल शेर्पा संघले माग गरेको छ । नेपाल शेर्पा संघले आईतबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले ज्ञापन पत्र बुझाउदै सो माग गरेको हो ।
पूर्व ताप्लेजुङ्ग देखी पस्चिम रसुवासम्म विश्वविख्यात नेपालका हिमाली आदिवासी शेर्पा जातीको ऐतिहाँसिक पुर्खौली थातथलोभएकाले राज्यको पुनसंरचना गर्दा शेर्पा जातिको पहिचानको आधारमा शेर्पालु (शेर्पा प्रदेश ) हुनुपर्ने उनीहरुले माग छ ।
यसैविच शेर्पा जातीको पहिचानको आधारमा ऐतिहासिक प्रथम संविधानसभा राज्य पुर्नसंरचना समितिद्धारा प्रस्तवित १४ प्रदेशमा शेर्पालुङ शेर्पा प्रदेश भएको आधारमा शेर्पा प्रदेशको माग गरेका छन् । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोलुखम्बु सल्लेरीमा शेर्पा प्रदेशको घोषणा गरेको कारण पनि एक नम्बर प्रदेशको नामाङ्कन शेर्पा प्रदेश राख्न उपयुक्त रहेको उनीहरुको भनाई छ ।
शेर्पाहरुको ऐतिहासिक पुर्खौली थातथलोलाई प्रदेश नम्बर १ र ३ मा खण्डित गरिएको ७ प्रदेशको संरचनाप्रति नेपाल शेर्पा सघले असहमती जनाएको छ । मुख्यमन्त्री राईलाई शेर्पालुङ (शेर्पा प्रदेश) संर्घष समितिका संयोजक तथा नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष आङ दोर्जे शेर्पाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । यता मुख्यमन्त्री राईले ज्ञापनपत्र बुझ्दै सबैको भावनालाई समेट्दै सहमती र सहकार्य गरेर प्रदेशको नामाकरण गरिने बताए । साथै प्रदेशसभाको दुई तिहाईमतको आधारमा प्रदेश नम्बर एकको नाम राखिने धारणा व्याक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्