पुर्वाञ्चल विश्वविद्यालयमा भाँडभैलो, लगाए प्राध्यापक र कर्मचारीले ताला

पुर्वाञ्चल विश्वविद्यालयमा भाँडभैलो, लगाए प्राध्यापक र कर्मचारीले ताला

विराटनगर, २९ पुस ।
पुर्वाञ्चल विश्वबिद्यालय भाँडभैलो भएको छ। प्रगतिशिल प्रजातान्त्रीक प्राध्यापक संघको नाममा विश्वबिद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । त्यस्तै कर्मचारीले भने कर्मचारी प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका हुन् ।
पुर्वाञ्चल विश्व बिद्यालय समन्वय महाशाखाका राजेशकुमार झालाई सह रजिष्टारमा नियुक्त गर्न लागेपछि विश्वबिद्यालय भित्र भाँडभैलो शुरु भएको हो । बिद्यार्थीको भबिश्यसँग जोडिएको विश्व बिद्यालय आफैँ विवादमा फँसेको हो ।

विश्वबिद्यालय २५ बर्ष पुरा गरिसकेको अबस्थामा अहिलेसम्म महाशाखा गठन नभएको कर्मचारीको आरोप छ। पटक पटक यो बारेमा उपकुलपतिलाई जानकारी गराउँदा समेत वेवास्ता गरिएको, कर्मचारीको सरुवा मनोमानी गरिएको कर्मचारीले बताएका छन् । ‘कर्मचारी सरुवागर्दा कार्यबिधि र मापदण्ड नबनाई मनपरी भएको छ, एक कर्मचारीले भने, मापदण्ड बनाउने समितिले प्रतिबेदन बनाएको, तर त्यो मापदण्ड भित्र कुनै कर्मचारीको सरुवा गरिएन, आफ्ना कुरा राख्न जाँदा हप्की दप्की गरेर पठाउन थालियो ।’
कर्मचारी सरुवा गर्दा कार्यकारी परिषदको निर्णयका आधारमा मापदण्ड बनाउने समितिले निर्दिष्ट गरेका आधारमा सरुवा गर्दा आफुहरुको कुनै आपत्ति नहुने कर्मचारीको भनाई छ । आफ्नालाई च्यापेर अरुलाई सरुवा गरेको भन्दै अधिकांश कर्मचारी उपकुलपति घनश्यामलाल दाससँग रुष्ट भएका छन् । विश्वबिद्यालयमा नीतिगत निर्णय गर्ने ठाउँमा कर्मचारीको उपस्थिती हुनु पर्ने समेत कर्मचारीले माग गरेका छन् ।
तर प्राध्यापकले भने नियुक्त भएका कर्मचारीलाई हटाउनु पर्ने माग अघि सारेका छन् । विश्वबिद्यायका प्राध्यापक बोधहरी आचार्यले विश्वबिद्यालयमा हुने माथिल्लो नियुक्ती मनपरी भएको बताए । पहिला भएको सम्झौता अनुसार स्थायी प्राध्यापकबाट हुनु पर्ने नियुक्ति बिपरित गएर राजेशकुमार झालाई नियुक्त गरिएको भन्दै प्राध्यापक आक्रोशित भएका हुन् ।
पहिला नियुक्त भएका २ जना भित्रको मान्छे परेको चुप बसेका प्राध्यापकहरु समन्वय महाशाखा प्रमुख राजेशकुमार झालाई सह–रजिष्टारमा लगिएपछि आन्दोलनमा उत्रनु परेको अर्का प्राध्यापकले बताए । ‘यस अघि सहडिनमा गोपाल शर्मा, शिक्षा तथा कला संकायको डिपुटी डिनमा कोमल गौतमलाई नियुक्त गरिएको थियो, ती प्रध्यापकले भने, नियुक्त भएका डिनहरु भित्रैका थिए, तर अहिले समन्वय महाशाखामा प्रमुख रहेका राजेशकुमार झाको पदावधि रहँदा रहँदै अहिले नै अर्को पद सह रजिष्टारमा लगेर नियुक्त गरिएकोले विरोध गर्नु परेको हो ।’
यसरी नियुक्त भएको भनिएका झा उपकुलपति घनश्यामलाल दासका दाहिने हात मानिन्छन् ।उनको पदावधि चैतसम्म रहेको श्रोतले बताएको छ ।
यस बारेका विश्वविद्यालयका उपकुलपति दाससँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । पटक पटक बिवादमा आउँदै गएका दाससँग पछिल्लो समय प्राध्यापक तथा कर्मचारी सबै रुष्ट भएको श्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्