ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम क्षेत्रमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिदैँ

ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम क्षेत्रमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिदैँ

इलाममा ६ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ ।

पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले आज दिउँसो इलाम आएर मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरेको हो । टोलीले इलामका छ स्थानको अध्ययन गरेको थियो ।

यसअघि डा केसीसँग इलाम, पाँचथर, उदयपुरलगायत स्थानमा मेडिकल कलेज खोल्ने विषयमा भएको सम्झौताअनुसार सरकारले सम्भाव्यता अध्ययन थालेको प्रजिअ तिम्सिनाको भनाइ छ । “मेडिकल कलेजका लागि कम्तीमा साढे तीन सयदेखि चार सय रोपनी जग्गा आवश्यक पर्ने रहेछ”, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल भन्नुभयो, “सम्भाव्यता अध्ययन गरेका स्थानमा जग्गा पर्याप्त हुने अवस्था छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्