विराटनगरका संजोगसँग नायिका बर्षा राउतको प्रेम दिवसका दिन लगन गाँठो

विराटनगरका संजोगसँग नायिका बर्षा राउतको प्रेम दिवसका दिन लगन गाँठो

विराटनगर ३० पुस । विराटनगरका उद्यमशील युवा तथा नायक संजोग कोईराला र नायिका वर्षा राउतविच वैवाहिक वन्धनमा वाधिन लागेका छन् ।
लामो समयदेखि प्रेममा रहेको जोडी बर्षा र संजोग विच यसपालीको भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफ्नो सामाजिक संजाल फेशबुकमा बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् ।
बर्षाले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै कार्डमा प्रेमका शब्दलाई उच्चारण गरेकीछिन् । –‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’
बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । सामाजिक संजालमा वर्षाले मात्र नभई संजोगले समेत उत्त कार्ड पोष्ट गरेका छन् । उनीहरुलाई उनका आफन्त तथा फ्यानहरुको शुभकामनाका सन्देशहरु दिनेक्रम बढेको बढ्यै छ ।
नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेमी जोडी मात्र नभए दुवै व्यावसायी पनि हुन् । उनीहरुले काठमान्डौ सिभिल महलमा आईक्रिम पार्लर संचालनमा ल्याएका छन् भने सयुक्त रुपमा कफिसप पनि संचालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्