विराटनगरको एभरेष्टको खेलकुद सप्ताह सकियो

विराटनगरको एभरेष्टको खेलकुद सप्ताह सकियो

विराटनगर, ३० पुस । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा जारी स्पोर्ट्स मिट सोमबार समापन भएको छ । कक्षा १ देखि १० सम्मका बालबालिकाबिच विभिन्न खेलहरुबिचमा प्रतिष्पर्धा गराइएको थियो । प्रदेशका मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको खेलकुद सप्ताहभरमा अधिकांश बालबालिकाले भाग लिएका छन् । बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद भन्ने  उद्देश्यका साथ आयोजित प्रतियोगिताले बालबालिकामा उत्साह थपिएको अभिभावकहरुको भनाई छ । आ–आफ्ना बालबालिकाको प्रतिस्पर्धात्मक खेलकुद हेर्न पुगेका अभिभावकहरु समेत प्रशन्न देखिन्थे । प्रतियोगिताका बिजेता उपविजेताहरुलाई प्रत्येक दिन मेडल प्रदान गरिएको छ । विभिन्न दुरीका दौड, हाइजम्प, लङ्जम्पलगायतका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयका शिक्षक राजन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्