कमाउन भारत गएका विराटनगरका कैलाश श्रेष्ठ यसरी बिच बाटोमै हराए

कमाउन भारत गएका विराटनगरका कैलाश श्रेष्ठ यसरी बिच बाटोमै हराए

प्रेम देवान ।
विराटनगर, ३० पुस । नेपालमा खासै कमाई नभएपछि भारतमा गए दुई पैसा बढी कमाईहुन्छ भनि घर छाडेका कैलाश श्रेष्ठ यतिबेला सम्पर्क विहिन छन् । विराटनगर १० बङ्गलामुखी मार्गका ४७ बर्षिय श्रेष्ठ विगत ४० दिनदेखी वेपत्ता भएको परिवारले बताएका छन् ।
गत मंसिर २० गते राती ८ बजे रेलमा जोगबनीबाट दिल्ली हुँदै गोवा तर्फ लागेका श्रेष्ठ विच बाटोबाटै वेपत्ता भएको उनका परिवारले बताए । कैलाशसँगै ७ जनाको टोली भारतको गोहा मटगाउमा काम गर्न हिडेको थियो । कैलाशसँगै उनका छोरा रोशन श्रेष्ठ, निरज कट्वाल, आरिफ अलि, अरुण साह, प्रसान्त राई, अनुज गिरी र रितु ओली जोगवनीबाट रेल चढेर दिल्ली पुगेका थिए ।
दिल्लीमा पुगेर सबैजनाले अर्को रेल परिवर्तन गरे । उनीहरुले दिल्लीबाट गोहा मटगाउकोलागि टिकट पनि काटे । सबैजना खाजा खाएर दुधसागर हुँदै करनजोर तर्फ लागे । करनजोर र दुधसागरको जङ्गगलमा पुगेपछि केही समयको लागि रेल रोकियो । विच जङ्गगल भएकाले रेलबाट कोही पनि उत्रेनन् । तर त्यही कैलाश कै टिममा रहेका ८ जना मध्येबाट कैलाश भने उत्रिएको उनको परिवार बताउँछ । रातको समय अनि जङ्गलभएका कारण सबैजना रेल भित्रै आ– आफ्नै धुनमा थिए यात्रुहरु । रेलबढेको केहीसमय पछि मात्र थाहा पाए उनका छोरा रोशन श्रेष्ठले । रेल भित्र सबैजना गन्दा बुबालाई नदेख्दा बुबा कतै जङ्गल मै पो झरे की भन्ने उनले अनुमान गरे ।
उनीहरुले हत्तपत्त ट्रेनका गुरुजीलाई खबर गरे, ‘हाम्रो मान्छे छुट्नु भएको छ ।’ रेल अर्को स्टेशनमा पुगेर रोकियो त्यहाँ पुगेर प्रहरी र रेलस्टेशन सबैठाँउमा खबर पनि गरेको कैलाशका छोरा रोशन श्रेष्ठले बताए ।
पैसा कमाउन भनेर भारत लागेका सबैजनाको सपना आधा बाटोमै अन्यौलमा पर्यो । कैशास बाहेक ७ जनाको टोली यता न उता भएर बसे । उनीहरुलाई पहिले देखी नै भारतमा काम गर्दै आएका अनुज गिरीलेले सबैलाई काम गर्न रोजगारीका लागि भन्दै लिएर गएका थिए । अनुज भने आफ्नी श्रीमती रितु गिरीलाई पनिसँगै लिएर हिँडेका थिए । उनीहरुले विभिन्न स्थानमा प्रहरीलाई खबर गरे पनि पत्ता लगाउन नसकेपछि ४ जना घर फर्केका छन् । घर फर्केकाहरु मध्ये कैलाशका छोरा रोशन श्रेष्ठ , निरज कटवाल, आरिफ अलि र प्रशन्त राई रहेका छन् । उनीहरुले बुबाको धेरै खोजी गर्दा पनि फेला परेको बताएका छन् ।
परिवारको आग्रह
७ जनाको टोली सहित पैसा कमाउन भारत गएका कैलाश श्रेष्ठ विच बाटोबाटै वेपत्ता भएपछि उनका परिवारले घर फर्कन आग्रह गरेका छन् । कैलाश श्रेष्ठकी श्रीमती मिना श्रेष्ठले श्रीमान्लाई चाँडो घर फर्कन आग्रह गरेकी छन् । आफ्ना श्रीमान् महिना दिन लामो समयसम्म हराए पछि श्रीमान् हराएको बारेमा जिल्ला प्रहरी कार्यलय मोरङमा निवेदन दिन पुगेकी मिना प्रहरीले उजुरी लिन नमानेपछि त्यसै फर्किएकी छिन् । श्रीमान् भारतबाट हराएका कारण उतै निवेदन दिनुपर्ने प्रहरीले भनेपछि श्रेष्ठका परिवार भारत मै रहेका आफन्तलाई खबर गरी खोजतलास गर्ने तयारीमा रहेका वेपक्ता भएका कैलाश श्रेष्ठकी बुहारी लक्ष्मी श्रेष्ठले बताईन् । कैलाशका एक छोरा र एक छोरी रहेका छन् ।
कैलाश श्रेष्ठका परिवारसँग कुराकानीमा आधारीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्