नेपालीलाई छुरा प्रहार गरी हत्या गर्ने भारतीय नागरिक बिराटनगरबाट पक्राउ

नेपालीलाई छुरा प्रहार गरी हत्या गर्ने भारतीय नागरिक बिराटनगरबाट पक्राउ

विराटनगर, ३० पुस । सिमावर्ती क्षेत्र जोगवनीमा एक नेपाली युवालाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी– १० शिवनारायण टोलका ४५ बर्षिया कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा भारतको अररीयास्थित १९ वर्षिय पंकज कुमार रायलाई पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका रानीको संयुक्त प्रहरी टोलीले भारतबाट सिमा क्षेत्रबाट विराटनगर प्रवेश गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । सुनवारको हत्या भएको ९ महिनापछि प्रहरीले रायलाई पक्राउ गरेको हो ।
‘लामो समयसम्मकोे अनुसन्धान र निगरानीपछि हत्यामा संलग्नलाई पक्राउ गरेका छौं,’ डिएपी श्रेष्ठले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धाबाट हत्याको मुख्य कारण लागूऔषधको विवादमा भएको देखिन्छ ।’ सुनवार समेत लागूऔषध प्रयोगकर्ता रहेकाले उनी जोगवनीमा लागूऔषध सेवन गर्न गएको बेला सामान्य विवाद हत्या गरेको पक्राउ परेका रायले स्वीकार गरेको प्रहरीको भनाई छ । ‘लागूऔषध सेवनमा विवाद हुँदै गयो,’ अनुसन्धानमा संलग्न अधिकारीले, ‘विवाद बढदै जाँदा रायले साथमा बोकेको चक्कुले सुनवारलाई प्रहार गरि भारततर्फ भागे ।’ प्रहरीले सुनवारको हत्यामा संलग्न अभियुक्तको पहिचान गरि लामो समयपछि पक्राउ गर्न सफल भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्