उदयपुरमा नारायण खड्काले बाँडे जाडाेकाे न्यानाे कपडा

उदयपुरमा नारायण खड्काले बाँडे जाडाेकाे न्यानाे कपडा

उदयपुर, ३० पुस ।  जाडोको समयमा सामुदायीक विद्यालयमा अध्यायनरत गरिब बालबालिकाहरुलाई उदयपुरका प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले न्यानो कपडा वितरण गरेका छन् । उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. खड्काले सोमबार त्रियुगा नगरपालिका १२ स्थित जनप्रेमी आधारभुत विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

एक कार्यक्रमका विच सोमबार बिहान विद्यालयमानै पुगेर प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले सो विद्यालयमा अध्यानरत २५० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरा गरेका हुन् । न्यानो कपडा वितरण गर्न पुगेका नेता खड्का र प्रदेश सभा सदस्य तथा कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती हिमाल कार्कीलाई विद्यालयमा अभिभावक तथा शिक्षकहरुले फुलमालाले स्वागत गरेका थिए ।कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख देवी चौधरी, नेपाली कांग्रेस त्रियुगा नगर समिति सभापती सरोजकुमार बस्नेत, कांग्रेसका महासमिति सदस्य मोहरबक्श अली लगायतको उपस्तिथी रहेको थियो ।यसै विच त्रियुगा नगरपालिका ५ स्थित पंचकन्या आधारभुत विद्यालय बुर्जाकान्लामा पनि सोमबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सो विद्यालयमा अध्यारत १६३ जना बालबालिकाहरुलाई डा. खड्काले कपडा वितरण गर्नु भएको हो ।

जाडोको समयमा बालकालिकाहरु न्यानो कपडाको अभावा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने भावनाका साथ व्यक्तिगत पहलमा डा. खड्काले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।यस अघि चौदण्डिगढि नगरपालिका र वेलका नगरपालिकाका दुई विद्यालयका बालबालिकाहरुलाई पनि खड्काले न्यानो कपडा वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्