झाेराहाटकाे बर्बरिक नाटक काठमाडाैँ पुग्याे, कलाकार विराटनगर र झाेराहाटका

झाेराहाटकाे बर्बरिक नाटक काठमाडाैँ पुग्याे, कलाकार  विराटनगर र झाेराहाटका

विराटनगर,३० पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मा आधारित नाटक मञ्चन हुने भएको छ। नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको उपन्यास ‘बर्बरिक’माथि झोराहाट नाटक घर, विराटनगरका कलाकारहरुले नाटक मञ्चन गर्ने भएका हुन्।

उपन्यासमा जस्तै नाटकमा महाभारतका एक पात्र ‘बर्बरिक’सँग नेता भण्डारीलाई तुलना गरिएको छ। ‘बर्बरिक’ पात्रको मुख्य भूमिकामा आधारित नाटक आगामी माघ २ गतेदेखि १२ गतेसम्म कुञ्ज नाटकघरमा प्रदर्शन हुने छ।प्रदीप नेपालले लेखेको उपन्यासको यो नाट्य रुपान्तरण पनि हो। ‘बर्बरिक’को मुख्य भूमिकामा कलाकार भरत गुरागाईं देखिने छन्। नाटकको निर्देशन जीवन बरालले गरेका छन्।

‘बर्बरिक’ महाभारतको एक सशक्त पात्र हो। भीमका नाति ‘बर्बरिक’ले आफ्नो क्षमता नदेखाउँदै मर्नु परेको कथालाई नेता भण्डारीको जीवनसँग यो उपन्यासमा जोडिएको छ। नाटकमा पनि विसं २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्