ईलाममा डा.केसीकाे अनशन, आईसीयुमा राख्न डक्टरको सुझाव

<span class='c1'>ईलाममा  डा.केसीकाे अनशन, </span> <span class='c2'>आईसीयुमा राख्न डक्टरको सुझाव</span>

इलाम, ३० पुस डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन आज विहान इलाम अस्पतालमा भर्ना भएका केसी लाई अस्पतालमा आइसियु सुविधा नभएकाले तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको हो ।

सोमबार ४ बजे डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको मुटुको गति कहिले ३० बाट २ सय ४० सम्म पुग्न थालेपछि उनको अवस्था जटिल बनेको बताउँदै अवस्था अत्यन्त जटिल बनिसकेकाले उहाँलाई तुरुन्त आइसियु चाहिन्छ । डा.साहले भने, ‘प्राथमिक उपचारका लागि हामीले केही घन्टासम्मलाई औषधि व्यवस्था गरेका छौं तर उनकोे इच्छाविपरीत औषधि चलाउन नमिल्ने बताए ।गत साउन १० मा सरकारसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गर्दै डा.केसी गत २५ गतेदेखि १६ औं सत्याग्रहमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्