इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने : जोशी

इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने : जोशी

विराटनगर, ३० पुस। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् ।

नविनतम सोचका साथ संघीय संरचना सुहाउँदो नयाँ काँग्रेस जनतामाझ आउन लागेको बताए । भने,‘‘महासमितिले दिएको कार्यदिशाअनुसारको विधानअनुसार नयाँ संघीय संरचना सुहाउँदो भएर अब काँग्रेज आउने छ ।’’ नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भने, “इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ ।”
उनले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताए । महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो । अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । भने, “भ्रष्टचार नभएको क्षेत्र छैन् । जताजतै विकृति छ ।”उनले काँग्रेस आफू लोकतान्त्रिक भएकै कारण अरु पार्टीहरुले पनि लोकतान्त्रिक हुने अवसर प्राप्त गरेको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्