रंगेलीमा प्रहरी ब्यारेक र भान्सा घरको शिलान्यास

<span class='c1'>रंगेलीमा प्रहरी ब्यारेक र</span> <span class='c2'>भान्सा घरको शिलान्यास</span>

रंगेली, १ माघ ।
इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी व्यारेक तथा भान्सा भवनको शिलान्यास गरिएको छ । भवनको एक समारोह बीच प्रदेश नं.१ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केदार रिजालले शिलान्यास गरे । नेपाल सरकारको २ करोड ११ लाख ८२ हजार रुपैयाँको लागतमा २ तले जवान व्यारेक तथा भान्सा घर भवन निर्माण गर्न लागिएको हो ।
के.एम.इन्जिनियस बिल्डर्स, काठमाडौंले ठेक्का पाएको भवन निर्माण १ वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ । भवन भूकम्प प्रतिरोधात्मक तथा आरसिसि फ्रेम स्टक्चरमा निर्माण गरिने इन्जिनियर प्रहरी निरिक्षक केविनजंग थापाले जनाकारी दिए । सो अवसरमा प्रहरी नायव महानिरिक्षक रिजालले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
उनले अब स्थानीय तहसँग समन्वय गरेर सामाजिक अपराध न्युनिकरणका लागी काम गर्ने लक्ष्यसहित प्रहरी अघि बढेको बताए । समारोहमा जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायव उपरिक्षक मनोज के.सी, रंगेली नगरपालीकाका मेयर दिलिप वगडीया, वुद्धिजिवि सुरेश मिश्र लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्