बिराटनगरबाट उठ्यो कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग

बिराटनगरबाट उठ्यो कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग

बिराटनगर माघ १  ,

बिराटनगरको बिग होटेलमा पुष २२ गते साँझ डाइन विथ विजय लामा कार्यक्रमबाट सामाजिक कामको लागि रकम संकलन भएको छ । नेपाल एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिएका विजय लामा र बिग होटेलको आयोजनामा  कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा सहयोग स्वरूप बिग होटेलको उक्त दिनको बिक्रिबाट २०% रकम रु ३२२०० , बिराटनगरको मेरिल्याण्ड कलेजबाट रु १३७४० , स्नेहा अपेरियाल्स (राम काजी थापा) बाट रु ४५ हजार बराबरको कपडा , सिलवा साहीको तर्फबाट रु २०१० रकम संकलन गरी विजय लामालाई हस्तान्तरण गरिएको बिग होटेलका म्यानेजर केशव पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्