बिराटनगरको मौसम तताउन तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा

बिराटनगरको मौसम तताउन तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा

बिराटनगर माघ १ ,

बिराटनगरमा चिसो बढ्ने क्रममा रहेको छ । बिराटनगरको मौसम तताउन हिट गायिका तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा हुने भएको छ । भाइरल डान्सको आयोजनामा यहि शनिबार माघ ५ गते बिराटनगरको गोपाल फन पार्कमा उक्त कार्यक्रम हुन लागेको हो। कटहरीस्थित फन पार्कमा तृष्णासंगै  युवा गायक संदेश सुबेदी , सुभम न्यौपाने , डा. मन्जिल श्रेष्ठ लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम दिउसो १ बजे सुरु हुनेछ भने टिकट दर रु १ सय रहेको आयोजकले बताएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्