प्रदेश १लाई प्लाष्टिक मुक्त बनाउने अभियानमा प्रदेश सरकार, शुरु गर्यो तयारी

प्रदेश १लाई प्लाष्टिक मुक्त बनाउने अभियानमा प्रदेश सरकार, शुरु गर्यो तयारी

विराटनगर, १ माघ ।
प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताए । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय कार्यक्रममा बोल्दै कुसियतले प्लाष्टिकमुक्त प्रदेश बनाउने योजनाअनुसार काम भैरहेको बताए ।
उहाँले प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा हरियाली र स्वच्छ प्रदेश रहेको पनि बताए । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका निरीक्षक विष्णु पाण्डेले भूमि, जल, वायु प्रदूषण हुन नदिने नीति लिई महाअभियानले काम गरिरहेको बताएका हुन् । उनले कतिपय स्थानीय तहले फोहर व्यवस्थापन गर्न नसकेको बताउँदै व्यवस्थापन भएका स्थानीय तहको सिको गरेर अगाडि बढ्न पनि महाअभियानले काम गर्ने बताए । कार्यक्रममा डाक्टर मनकुमार धमला, डाक्टर मदन कोइराला, रामचन्द्र अधिकारी लगायतले कार्यपत्र प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्