विराटनगरको बरमपुराको उखुवारीमा भीषण आगलागी,आठ बिगाहाको उखु नष्ट

विराटनगरको बरमपुराको उखुवारीमा भीषण आगलागी,आठ बिगाहाको उखु नष्ट

विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ । मंगलबार दिउसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगोलागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु जलेर नष्ट भएको कोईरालाले बताए ।
५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाएकोमा ८ बिगाहाको उखु जलेको उनले जानकारी दिए । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा थियौं,’ कोईरालाले भने , ‘तयारी उखु जलेर आधा भन्दा बढी पूर्ण रुपमा नष्ट भयो । ’ ८ विगाहामा ४ हजार क्वीन्टल उखु उत्पादन हुने लक्ष्य थियो । आधा भन्दा बढी आगो लागेर नष्ट भएको उनको भनाई छ ।
दमकल जाने बाटो नहुँदा बढि क्षति
स्थानीयको अनुसार आगलागी भएको उखुखेतीमा दमकल जाने बाढो नुहँदा बढी क्षती कएको छ । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ कोइरालाले भने, ‘आगो लागेको स्थानमा जानेबाटो नहुँदा बाटैमै बस्यो । जसको कारण उखु बढी क्षति हुन पुग्यो ।’ आगो स्थानियबासी प्रहरीको सहयोगमा स्थानिय नहरबाट पम्पसेटबाट पाइपमा पानी तानेर आगो लागेको २ घण्टा पछि नियन्त्रणमा आएको विराटनगर महानगरपालिका ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए ।
दुर्व्यसनीले की रिसिवी ?
५२ विगाहा मध्ये १० विगाहा जमिनमा उखु खेती लगाउने नागेश कोइराला नेपाली काँग्रेस मोरङका सचिब हुन् । उनले गत वर्ष मात्र १० लाख रुपैयाँ लगानी गरेर उखु लगाएका हुन् । मंगलबार एक्कासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा रिसिविको कारणले लगाएको हुन सक्ने उनका् अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्