ईलाममा अनशन बसेका फरक ध्रुवका दुई ब्यक्ति, भर्ना भए एकै अस्पताल

ईलाममा अनशन बसेका फरक ध्रुवका दुई ब्यक्ति,  भर्ना भए एकै अस्पताल

इलाम, १ पुस।  गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसदद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनियासहित अन्य रोगको समेत सङ्क्रमण देखापरेपछि तत्काल अस्पताल भर्ना गरिएको हो । केही दिनअघि नै स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पताल भर्ना हुन अनुरोध गरे पनि थापाले अस्पतालको सेवा नलिने भन्दै उपचारमा गएका थिएनन् ।

गएको २५ मङ्सिरदेखि इलाममै अनशनमा रहेका  डा गोविन्द केसीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहेका डा केसीको समेत स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार इलाम अस्पताल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्