मन्त्री यादव विरुद्ध सार्वजनिक अपराधको मुद्वा दायर गरिने

<span class='c1'>मन्त्री यादव विरुद्ध सार्वजनिक</span> <span class='c2'>अपराधको मुद्वा दायर गरिने</span>

जनकपुर, १ माघ।  प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए ।  सो घटनाको विरोध गर्दै कर्मचारीहरुले सोमबारदेखि आन्दोलन थालेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँललाई ज्ञापन पत्र बुझाउदैँ २४ घण्टे अल्टिमेटम समेत दिएको छ ।

बुधबार बैठक बसेर कर्मचारीहरुले क्रमबद्धरुपमा सांकेतिक आन्दोलनको घोषणा गर्ने भएका छन् । थप्पड हानिएका सचिव झालाई उचित स्वास्थ्य उपचार र घटनाको छानविन गर्दै दोषीलाई कारवाही र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग कर्मचारीहरुको रहेको छ ।

नेपाल निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष   रामबाबु साहले आफ्ना माग सम्बोधन नगरे प्रदेश सरकारविरुद्ध सुरुमा विरोधस्वरुप एकघण्टा कालोपट्टी बाँधेर कार्यालयमा कामकाज गर्ने बताए ।उनले बुधबार सबै कर्मचारी संगठनहरुसँग छलफल गरी अगाडी बढ्ने समेत स्पष्ट पारे । त्यस्तै नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन प्रदेश नम्बर २ का सचिवालय सदस्य मुनेश्वर यादवले पनि सचिव झाले न्याय नपाएसम्म आन्दोलनलाई सशक्त पार्दै सरकारविरुद्ध कडा आन्दोलन गर्ने दाबी गरे ।

यता, सचिव विद्यानाथ झाले भने मन्त्री यादवले आफ्नै कार्यकक्षमा दुव्र्यवहार गदै कुटपिट गरेकोले जिल्ला प्रशासन कार्यालयसमक्ष सार्वजनिक अपराधको मुद्दा दिने बताए । उनले भने, ‘ममाथि आक्रमण गरि कुटपिट गरिएको छ, म जिल्ला प्रशासन कार्यालय धनुषामा पहिले सार्वजनिक अपराधको उजुरी दिनेछु । र अदालतसम्म न्यायको लागि अघि बढ्छु ।’ उनले कर्मचारी संघ संगठनको निर्णयबारे आफुलाई कुनै किसिमको जानकारी नरहेको बताए ।  सचिव झाले न्यायको लागि कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्