मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु

मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु

विराटनगर,१ माघ ।
मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट एक ८ बर्षिय बालकको ज्यान गएको छ । केराबारी गाउँपालिका ८ केराबारी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ र १९३५ पिक अप भ्यानले केराबारी ८ बस्ने होम बहादुर भण्डारीको छोरा बर्ष ८ को समिर भण्डारीको ज्यान गएको हो । ठक्कर दिएर भागेको उक्त सवारी साधनको खोजतलास गर्दै जाँदा सुन्दर हरैँचा नगरपालिका ५ गछियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त पिक अप भ्यान चालक सुन्दर हरैचा ६ निवासी बर्ष १९ का मनिष श्रेष्ठलार्ई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्