राष्ट्रिय योग दिवस: विराटनगरमा प्रभातफेरी देखि योग शिविरसम्म

राष्ट्रिय योग दिवस: विराटनगरमा प्रभातफेरी देखि योग शिविरसम्म

विराटनगर, २ माघ ।
‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित राष्ट्रिय योग दिवस मनाईएकाे छ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की प्रमुख संचालिका ब्रह्माकुमारी गिता दिदिले मानवजीवनका लागि योग अपरिहार्य रहेको बताईन् । उनले मानव जीवनलाई सफल बनाउन परमात्माबाट प्रवाह हुने उर्जा प्राप्त गर्न राजयोग गर्नु आवश्यक रहेको बताईन् । योगको माध्यमबाट जीवनलाई परमात्मासँग जोड्न सकिए त्यसले मानवमात्र नभई सिंगो राष्ट्र र विश्वको कल्याण हुने विस्वास ब्यक्त गरिन ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले समृद्धिका निम्ति शान्ति आवश्यक रहेको बताउनुहुँदै योगले मानव जीवनलाई शान्तिको बाटोमा डो¥याउने गरेको विचार व्यक्त गरे । सेवा केन्द्रका प्रशिक्षक तुलसी पोखरेलले योगले असल नागरिक निर्माण गर्ने मात्र नभई शान्ति र समृद्धिका निम्ति आवश्यक शारिरीक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यता समेत प्रदान गर्ने गरेको उल्लेख गरे । कार्यक्रमका अन्य वक्ताहरुले अध्यात्मिक र भौतिक दुवै शक्तिलाई समायोजन गरेर अघि बढ्नसके मानव जीवन सार्थक हुने बताएका थिए ।
यसैबीच योगदिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयको अगुवाईमा निकालिएको प्रभातफेरीमा पतंजली योग समिति मोरङ, महिला पतंजली योग समिति, पतंजली योग महानगर समिति र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लगायतका संघसंस्थामा आबद्ध सदस्य तथा सर्वसाधारण सहभागि भएका थिए । प्रभातफेरीले नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीका सहभागीले ‘योग गरौ निरोग रहौं’ लगायतका योग सम्बन्धि सन्देशमूलक नारा लगाएका थिए ।
महेन्द्र चोक निकालिएको प्रभातफेरीले गुद्रीचोक, जलजलाचोकबाट मेनरोड हुंदै विराटनगर–२ शंकरपुर खुल्ला चौरमा पुगेर समापन भएको थिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्