विराटनगरका अगुवाले भने, ‘धर्म परिवर्तन कुलबंशको पहिचान मेट्ने प्रयास’

विराटनगरका अगुवाले भने, ‘धर्म परिवर्तन कुलबंशको पहिचान मेट्ने प्रयास’

विराटनगर, २ माघ ।
धर्म परिर्वतनका कारण विभिन्न समुदायका कुल र बंशको पहिचान मेट्ने प्रयास भइरहेको समाजका अगुवाहरुले बताएका छन् ।
जनजाति कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्रावासको बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङले बाहिरिया शक्तिहरु सुटकेशमा पैसा भरेर धर्म परिर्वतन गराउनेहरुलाई नेपाल पठाउने गरेको र उनीहरुले अशिक्षा भएको तथा दुरदराजका क्षेत्रहरुमा विभिन्न प्रलोभनमा पारेर धर्म परिर्वतन गराउने गरेको दाबी गरे । त्यसरी गराइने धर्म परिर्वतनका कारण नेपालको मौलिक सनातन धर्महरु संकटमा पर्नुकासाथै समुदायका मौलिक संस्कृतिहरुसमेत संकटमा परेको उनको भनाइ थियो ।
महासचिव थुलुङ्ले केही वर्षयता चेपाङ समुदायका ५० प्रतिशत, सन्थालका २० प्रतिशत र राइ समुदायका १० प्रतिशतसहित अन्य कयौं जातिय र धार्मिक समुदायका मानिसहरुको धर्म परिवर्तन गराइएको दाबी गरे ।
कार्यक्रमका अन्य वक्ताहरुले नेपालको मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्न धर्मपरिर्वतन रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए । माघे संक्रान्ति पर्वलाई समेत केन्द्रबिन्दुमा राखेर आयोजना गरिएको कार्यक्रममा १५ सयभन्द बढी सहभागीलाई खिचडी खुवाइएको आयोजक संस्थका अध्यक्ष मदन साहले जानकारी दिए ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्