ईनरुवामा जारी क्रिकेट :समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी

ईनरुवामा जारी क्रिकेट :समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी

सुनसरी, २ माघ ।
सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आजको खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूहमा प्रदेश ७ ले समेत पहिलो खेल जितेकाले भोलि हुने भारत सुपौल र आजको बिजेता प्रदेश ७ बिचको खेलले अघिल्लो चरण प्रवेश गर्ने ग्रुप बिजेता तय गर्ने छ । आजको खेलमा प्रदेश नम्वर ७ ले दिएको २ सय ४५ रनको लक्ष पछ्याएको प्रदेश नम्बर ५ केवल २८ दशमलव ३ ओभरमा १ सय २६ रनमा समेटियो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर ७ ले लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रनको मद्यतमा ८ बिकेट क्षतिमा २ सय ४४ रन बनाएका थियो । खेलको म्यान अफ द म्याच प्रदेश नम्वर ७ का विक्रम ठगुना घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्