प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

<span class='c1'>प्रहरीले कुटाइबाट पिसाब</span> <span class='c2'>नली फुटेपछि आईसीयूमा</span>

बागलुङ, २ माघ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्