रविन्द्र मिश्रसँग जोडेर रञ्जु दर्शनाको समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ

रविन्द्र मिश्रसँग जोडेर रञ्जु दर्शनाको समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्ने समाचार प्रकाशित गर्ने अनलाइन सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्ने २४ वर्षीय श्याम रोका रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको एसएसपी धिरजप्रताप सिंहले बताए । तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी थिइन् ।

शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसँग जोडेर केही अनलाइनले यौन दुर्व्यवहारसँग जोडेर समाचार प्रकाशन गरेका थिए । विवेकशील साझाका संयोजक उज्वल थापासहित १६ जनाले शुक्रबारमात्रै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्