प्रहरीेले कुट्दा कुट्दै बस्नेतको पिसाब नली फुटेपछि….

प्रहरीेले कुट्दा कुट्दै बस्नेतको पिसाब नली फुटेपछि….

प्रहरीको कुटाइबाट बाग्लुङका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका ६ हरिचौरका बस्नेतलाई प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले कुट्दा उनी सक्त घाइते भएको स्थानीयले बताएका छन् ।

कुटाइका कारण बस्नेतको मुत्र नली फुटेको अस्पताल स्रोतले जनाएको छ । उनलाई स्थानीय निजी अस्पतालमा उपचार सम्भव नभएपछि पोखरा लगिएको छ । अहिले पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् ।

कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले उनको अपरेसन गरिएको फेवासिटी अस्पतालले जनाएको छ । सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै स्थानीय बासिन्दाले घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्